सूर्याेदय टेलिभिजन एक परिचयः

नेपालको पूर्वीद्वार जिल्ला झापाको बिर्तामोड न.पा. ७ स्थित केन्द्रिय स्टेशन र कार्यालय राखि सञ्चालनमा आएको यस “सूर्याेदय” टेलिभिजनले सूचना तथा सञ्चार मन्त्रालयबाट मिति२०७२-१२-२८को ईजाजत नं.११९–०७२-०७३ को प्रमाणपत्र प्राप्ती पश्चात् सक्रिय र सक्षम रुपमा प्रस्तुत हुर्दै आएको छ ।

लक्ष्य:

सूचना र सञ्चारको क्षेत्रमा देशमा निकै छिटो विकास भैरहेको छ । हाल देशभर लगभग ६० भन्दा बढि टेलिभिजन स्टेशनहरुको स्थापना भैसकेको छ । यिनैको बिचमा आफूलाई पनि राखि प्रतिस्पर्धि बजारमा उभ्याउन सफल भएको छ सूर्याेदय टेलिभिजन । पूर्वी क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक लगायत समग्र पाटोलाई टेलिभिजनको माध्यमबाट संसारभर देखाउने तथा समाजमा लुकेका प्रतिभाहरु उजागर गर्नै पर्ने कुराहरुलाई समेत यस टि.भी. को मार्फत् देखाउने लक्ष्य रहेको छ । संस्कृति र सम्पदामा धनि नेपालको पुर्वी क्षेत्रलाई मुख्य रुपमा देशभरी र संसारभरी देखाउने मुल ध्येय नै यसको भविष्यको मार्ग रहेको छ ।

प्रसारणमा क्षेत्र:

झापा जिल्ला नेपालको पूर्वीद्वार जिल्ला हो र यसको प्रमुख व्यापारिक नाका बिर्तामोडलाई मुख्य आधार क्षेत्र मानि यस टि.भी. को स्थापना गरिएता पनि समग्र पूर्वाञ्चल क्षेत्रलाई आफ्ना कार्यक्रमको मुख्य आधार क्षेत्र बनाउदै जाने र संघियताको मान्यतामा देश सञ्चालन हुँदा यस पूर्वी क्षेत्रकोे प्रथम तथा लोकप्रिय टेलिभिजनको रुपमा छाप छोड्ने लक्ष्य राखेको छ । शुरुमा केवलको माध्यमबाट सञ्चालन हुँदै आएको यसको प्रसारण निकट भबिष्यमानै क्ष्ए को माध्यमबाट देशभर प्रसारण हुने छ । शुरुमा एनालग र हाल डिजिटल प्रविधिसहित क्ष्ए को माध्यमबाट समेत प्रसारण भईरहेको हुँदा संसारभर टि.भी. हेर्न सकिने छ ।

सञ्चालकहरु:

स्पेशलिंक टि.भी. एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित यस टेलिभिजनमा ६ जना संस्थापक शेयर सदस्यहरु छन् । विभिन्न पेशाहरुमा आवद्ध दक्ष एवं योग्य सञ्चालकहरु दत्तचित्त भै यस टि.भी. को सञ्चालनमा रहेका छन् । सञ्चालकहरु मनोज उप्रेति, विष्णु मैनाली, युवराज दाहाल, राम कु. बुढाथोकी, टंक गौतम र नवराज दाहाल छन् ।

सञ्चालक सदस्यहरुको विवरण

अध्यक्ष– मनोज उप्रेति, बि.एल., एम.बि.ए,
पूर्व अध्यक्ष– वन पैदावर विकास समिति, काठमाडौं,
संस्थापक सदस्य– नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., झापा
अध्यक्ष– स्पेशलिंक केवल टि.भी. नेटवर्क प्रा.लि., डिजिटल इन्भेसमेन्ट प्रा.लि.
संस्थापक सदस्य– मकालु टि.भी., विराटनगर
तथा विभिन्न संघसंस्थामा आवद्ध
भ्रमण– फ्रान्स, आइसल्याण्ड, स्विजरलैण्ड, होल्याण्ड, स्पेन, चिन, थाईल्याण्ड, नर्वे, डेनमार्क, स्विेडन आदि ।

सदस्य – विष्णु मैनाली, एम एन नर्सिङ धरान,
संयोजक स्वास्थ्य समिति – नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
संस्थापक – मेचि स्पेशलिंक केवल टि.भि.नेटवर्क प्रा.लि.
भ्रमण – थाइल्याण्ड, भारत, भुटान

सदस्य – युवराज दाहाल, स्नातकत्तोर (व्यावस्थापन) त्रि.वि.
पूर्व अध्यक्षः वीरता जेसिज, बिर्तामोड, झापा ।
संस्थापक÷सहायक क्याम्पस प्रमुख – मनकामना कलेज ।
अध्यक्ष – नव सञ्चार गृह(प्रतिदिन दैनिक) ।
संस्थापक – लक्ष्मी वहुउद्देश्यीय सहकारी संस्था, झापा ।
संस्थापक – हिमशिखर टेलिभिजन ।
संस्थापक – मेचि स्पेशलिंक केवल टि.भि.नेटवर्क प्रा.लि.
भ्रमण – भारत, बंगलादेश, भुटान

सदस्य – टंक गौतम – स्नात्तक (व्यावस्थापन) त्रि.वि.
संस्थापक – मनकामना कलेज ।
संस्थापक – हिमशिखर टेलिभिजन ।
संस्थापक – मेचि स्पेशलिंक केवल टि.भि.नेटवर्क प्रा.लि. ।
अध्यक्ष – रामचोक सामुदायीक वन उपभाक्ता समिती ।
केन्द्रिय कोषाध्यक्ष – नेपाल भेनियर उद्योग संघ ।
भ्रमण – भारत, भुटान ।

सदस्य – नवराज दाहाल – स्नात्तक (व्यावस्थापन) त्रि.वि.
संस्थापक – मनकामना कलेज ।
संस्थापक – मेचि स्पेशलिंक केवल टि.भि.नेटवर्क प्रा.लि. ।
संस्थापक – पूर्वाञ्चल इन्भेष्टमेन्ट एण्ड डेभलवमेन्ट प्रा.लि. ।
प्रोप्राइटर – जानकी भेनियर ।
भ्रमण – भारत, भुटान ।

सदस्य – रामकुमार बुढाथोकी – स्नात्तक (व्यावस्थापन) त्रि.वि.
संस्थापक – मनकामना कलेज ।
संस्थापक÷कम्पनी सचिव – मेचि स्पेशलिंक केवल टि.भि. नेटवर्क प्रा.लि. ।
संस्थापक – पूर्वाञ्चल इन्भेष्टमेन्ट एण्ड डेभलवमेन्ट प्रा.लि. ।
भ्रमण – भारत, बंगलादेश, भुटान ।