Latest News

All News

  • इलाम नगरपालिका ९ गोलाखर्कमा भएको आगलागिबाट १५ लाख बराबरको क्षति भएको छ ।

    इलाम नगरपालिका ९ गोलाखर्कमा भएको आगलागिबाट १५ लाख बराबरको क्षति भएको छ । स्थानिय यामबहादुर भण्डारीको दुईतले घरमा आगलागि हुँदा सो मुल्य बराबरको क्षति भएको हो । विद्युत सर्ट भएर आगलागि भएको अनुमान गरिएको छ । इलाम नगरपालिकाको दमकल, स्थानिय र प्रहरीद्धारा आगलागि नियन्त्रण गरेका थिए । तर समयमा नगरपालिकाको दमकल नपुगेको भन्दै स्थानिय आक्रोशित समेत भएका थिए । खवर गरेको समयभन्दा निकै ढिलो दमकल पुगेको स्थानियले वताए । आगलागिबाट भण्डारीको ढुङ्गा माटोले बनेको दुइतले घर सहित खाखन्न, लत्ताकपडा, भाँडाकुडाँ र अन्य सामाग्री समेत जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । घरमा आगलागी भएपछि भण्डारी परिवारको विचल्लीमा परेको छ । आगलागिबाट घरमुली यामबहादुर भण्डारी घाइते भएका छन् ।

    Posted on: 1 week ago

  • जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलले समाज रुपान्तरणका लागि कलम चाउन पत्रकारहरुलाई आग्रह गर्नु भयो ।

    जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलले समाज रुपान्तरणका लागि कलम चाउन पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । सूर्योदय टेलिभिजनले आयोजना गरेको ७ दिने आधारभूत टेलिभिजन पत्रकारिता तालिमको समापन कार्यत्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका पोर्तेलले हरेक क्षेत्रमा जोखिम रहेकाले हिम्मतका साथ अघि बढ्नु पर्नेमा जोड दिनु भयो । पछिल्लो समय नकरात्मक पत्रकारिताको विकास हुँदै गएको उल्लेख गर्दै प्रमुख पोर्तेलले रचनात्मक समाचार सम्प्रेषण गर्न आग्रह गर्नु भएको छ । एक गाँउ एक पत्रकार समृद्धिको आधार भन्ने मुल नाराका साथ झापाका सबै स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरीएको आधारभूत टेलिभिजन पत्रकारिता तालिमको समापन कार्यक्रममा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी,अग्रज पत्रकार गोविन्दचन्द क्षेत्री,उमाकान्त खनाल,मेचीनगर नगरपालिकाका अधिकृत अनन्त प्रकाश वस्तीले स्थानीय तहमा सञ्चारको भूमिकाका बारेमा धारणा राख्नु भएको थियो । प्रशिक्षार्थीहरुको तर्फबाट जिवनसिंह राजवंशी, चम्पा परियार, मौषम भट्टराईले बोल्नु भएको थियो । सुर्योदय टेलिभिजनका समाचार प्रमुख सन्तोष आचार्यको संयोजकत्वमा सञ्चालन भएको सात दिने पत्रकारिता तालिममा पत्रकार उमाकान्त खनाल, गोपाल काफ्ले, विनोद पाण्डे, टिकाराम नेति, दिपेन भेट्वाल, देवी गौतम, ईलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख डिएसपी कृष्णप्रसाद कोईराला, मेचीनगरका अधिकृत अनन्तप्रकाश वस्तीलगायतले सहजीकरण गर्नु भएको थियो । तालिमबाट छनौट भएका मध्ये उत्कृष्टलाई एक स्थानीय तह एक पत्रकारका रुपमा रोजगारी प्रदान गरिने टिलेभिजनकी प्रबन्ध निर्देशक विष्णु मैनाली (उप्रेती)ले बताउनु भयो । सूर्योदय टिभि एण्ड मिडिया प्रालिका अध्यक्ष मनोज उप्रेतीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षार्थी मित्र संग्रौलाले स्वागत तथा उर्मिला दाहालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

    Posted on: 1 week ago

  • सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सचिवहरुको सरुवामा कसैले चित्त दुखाउन नहुने बताउनु भयो ।

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सचिवहरुको सरुवामा कसैले चित्त दुखाउन नहुने बताउनु भएको छ । माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले आफूहरुको सहमति विपरीत प्रधानमन्त्रीले सचिव सरुवा गरेको भन्दै असन्तुष्टि जनाएका थिए । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै सामान्य प्रशासनमन्त्री पण्डितले सचिव सरुवामा पनि यो मेरो त्यो मेरो भन्न नहुने बताउनुभयो । अर्को प्रसंगमा मन्त्री पण्डितले कर्मचारीले स्वेच्छिक अवकास अधिकारको रुपमा मात्रै बुझेर नहुने बताउनु भयो । खटाइएको ठाउँमा जानु पर्ने बताउँदै स्वेच्छिक अवकास दिने नदिने विषयमा सरकारको निर्णय महत्वपूर्ण भएको बताउनु भयो ।

    Posted on: 1 week ago

  • देशको मुख्य प्रशासनिक संरचना रहेको सिंहदरबारमा मंगलबारदेखि सोलार बिजुलीको प्रयोग गरिएको छ ।

    देशको मुख्य प्रशासनिक संरचना रहेको सिंहदरबारमा मंगलबारदेखि सोलार बिजुलीको प्रयोग गरिएको छ । चीन सरकार सहयोगमा बनेको १ मेगावाटको सोलार प्रणालीको प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत यू होङले उद्घाटन गर्नुभयो । सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सोलार प्रणाली चीनले नेपाल सरकारलाइ हस्तान्तरण गरेको थियो । सोलारबाट बिजुली निकाल्न अर्थमन्त्रालय बाहेकका सबै मन्त्रालय र कार्यालयका छतमा प्यानल राखिएको छ ।

    Posted on: 1 week ago

  • सन्त श्रीनिवासाचार्यमाथि सांघातिक आक्रमण गर्ने समुहलाई तत्काल पक्राउ गर्न माग गर्दै विराटनगरमा प्रदर्शन।

    सन्त श्रीनिवासाचार्यमाथि सांघातिक आक्रमण गर्ने समुहलाई तत्काल पक्राउ गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । सनातन हिन्दू राष्ट्र जागरण अभियान,तथा ओमकार परिवारले आज विराटनगरमा बृहत धार्मिक ¥याली निकाल्दै बिरोध प्रदर्शन गरेको हो । स्थानिय सत्यनारायण मन्दिर परिसरबाट निकालिएको ¥यालीले वडा प्रहरी कार्यालयबाट गोस्वारा रोड हुंदै विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । ¥यालीका सहभागिले घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै नाराबाजी गरेका थिए । विभिन्न क्षेत्रको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय पुगेको ¥यालीका सहभागिले प्रधानमन्त्री सहित केन्द्रीय सरकारलाई ज्ञापन पठाएको छ । सनातन हिन्दू राष्ट्र जागरण अभियान मोरङका अध्यक्ष तिलक रिजालले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई ज्ञापन हस्तान्तरण गर्नुभयो । प्रधानमन्त्री सहित गृहमन्त्रालयलाई पठाइएको ज्ञापनमा श्रीनिवासाचार्यलाई गोली प्रहार गर्ने समुहलाई तत्काल पक्राउ गर्नुपर्ने,साधुसन्तहरुको सुरक्षा गर्नुपर्ने र सन २०२५ सम्म देशलाई इसाई राज्य घोषणा गर्ने भनि प्रकाशित भएको विज्ञप्तिमा संलग्न समुह र संस्थालाई कारवाही गर्नुपर्ने माग गरिएको छ । यस्तै धर्मनिरपेक्षको नाममा सनातन धर्मको नाश गर्ने समुह सक्रिय भएको दाबी गरिएको छ ।

    Posted on: 1 week ago

  • निर्वाचित जनप्रतिनिधिलाई केन्द्रवाट आधिकारिक निर्देशन नदिएकाले सोचे अनुरुप कार्य गर्न नसकेको गुनासो ।

    स्थानीय तहको निर्वाचन भएको ९ महिना वित्न लाग्दा समेत निर्वाचित जनप्रतिनिधिलाई केन्द्रवाट आधिकारिक निर्देशन नदिएकाले सोचे अनुरुप कार्य गर्न नसकेको गुनासो गरेका छन् । भद्रपुर नगरपालिका प्रमुख लगायत जनप्रतिनिधिहरुले गाँउ÷गाँउमा सिंहदरबारको अधिकार नारामै सीमित रहेकोले स्थानीय सरकारको हातमा केही नरहेको उनीहरुले गुनासो पोखेका छन् । प्रेस क्लव भद्रपुरले आज आयोजना गरेको नगर जनप्रतिनिधिहरुको स्वागत– शुभकामना तथा नगरको विकासमा पे्रस क्लबको भूमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख र वडाध्यक्षले ‘शासकीय अधिकार विकेन्द्रीकरणको चरणमा रहेको वर्तमान अवस्थामा स्थानीय सरकार संवैधानिक रुपमा बलियो देखिए पनि कानुनी रुपमा केन्द्र तथा प्रदेशबाट कुनै हकअधिकार नपाएकोले कामकाज गर्ने समस्या परेको बताएका छन् । भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले ‘सिंहदरवारको अधिकार स्थानीय तहमा स्थापित गर्न जाति, धर्म वर्ग, दल भन्दा माथि उठेर सम्बृद्धिको यात्रामा सवैको सहयोग आवश्यक रहेको बताउनु भयो । नागरिकको सेवामा विनाशर्त लागी परेको जनाउदै श्रेष्ठले विभिन्न दवावका कारण नगरको सन्तुलित कार्यमा उल्झन आइरहेको समेत प्रष्ट पार्नु भयो । प्रेस क्लबका अध्यक्ष गोविन्दचन्द्र क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, बिभीन्न वडाका अध्यक्षहरुले वडाका समस्यालाई पहिचान गरी सञ्चारमाध्यममा ल्याउन आग्रह गर्नु भएको छ ।

    Posted on: 1 week ago

  • सूर्योदय नगरको पर्यटन बिकासमा सघाउ पुर्याउने उद्धेश्यका साथ चारदिने दोस्रो सूर्योदय सडक महोत्सव सञ्चालन हुने

    पूर्वी इलामको पर्यटकिय नगरी सूर्योदय नगरको पर्यटन बिकासमा सघाउ पुर्याउने उद्धेश्यका साथ चारदिने दोस्रो सूर्योदय सडक महोत्सव सञ्चालन हुने भएको छ । सडक महोत्सव मूल आयोजक समितिले आउँदो चैत २९, ३० र बैशाख १ र २ गते आयोजना गर्ने शनिबार सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो । आयोजक समितिका सचिब युवराज प्रधानका अनुसार यो बर्षको महोत्सवमा डेढलाख पर्यटक भित्राउने लक्ष्य लिइएको छ । महोत्सवमा बिभिन्न जातजातिका खानाका परिकार, स्थानिय स्तरमा उत्पादित कृषिजन्य उपज, घरेलु उद्योगबाट उत्पादित बस्तु तथा ब्यबसायिक स्टल सहित एक सय वटा स्टलहरु रहने आयोजक समितिले जनाएको छ । महोत्सवले सूर्योदय नगर क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरु कन्याम, श्रीअन्तु, सिमपानी, करफोक, पञ्चकन्या मन्दिर, लेप्चा गुम्बा, पशुपतिनगर क्षेत्रको पर्यटन प्रबद्र्धन हुने त्यस क्षेत्रको पर्यटन बिकासमा सघाउ पुग्ने बिश्वास आयोजकले लिएको छ । आयोजकका अनुसार ३८ लाख रुपैंयाँ खर्च हुने अनुमान गरिएको महोत्सवमा अढाई करोड रुपैंयाँ बराबरको कारोबार हुने अपेक्षा आयोजकले लिएको छ ।

    Posted on: 1 week ago

  • तेह्रथुममा जवरजस्ती करणीका घटनाहरु बृद्धी हुदै गएका प्रति सराकारवालाहरुले चिन्ता ब्यक्त गरे ।

    तेह्रथुममा पछिल्ला वर्षहरुमा जवरजस्ती करणीका घटनाहरु बृद्धी हुदै गएका प्रति सराकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । जिल्ला प्रहरी कार्यालय तेह्रथुमले म्याङलुङ्गमा गरेको एक कार्यक्रममा जवरजस्ती करणीका घटना बृद्धि भएको बताए पछि सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका हुन् । प्रहरी नायव उपरीक्षक राजन भुजेलले तीन वर्षको तथ्यांक विष्लेषण गर्दै वलत्कार सम्वन्धि अपराज बृद्धि भएको बताउनुभयो । तेह्रथुममा पछिल्ल तीन वर्षमा ३२ ओटा जवरजस्ती करणीका घटना दर्ता भएको उपरीक्षक भुजेलले जानकारी दिनुभयो । जसमा १४–१५ वर्षका किशोरी र अपाङ्ग भएका महिलाहरु बढी रहेको तथ्यांकमा देखाइएको छ ।

    Posted on: 1 week ago

  • ध्रुवकुमार शिवाकोटीले नगरको विकासका लागी ४ महिना भित्रमा ७ सय करोड रुपैयाँ बजेट भित्रीयाउने बताउनु भयो ।

    बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले नगरको विकासका लागी ४ महिना भित्रमा ७ सय करोड रुपैयाँ बजेट भित्रीयाउने बताउनु भएको छ । बिर्तामोड वडा नम्बर ६ स्थीत स्यालडागी हुँदै सितलनगर लाई जोडुने सडक अन्र्तगत धर धरे खोलामा निर्माण सुरु गरेको पुलको सलिन्यास कार्यक्रममा बोल्दै शिवाकोटीले कसैले बाधा अडचन खडा नगरे आफुले उक्त बजेट भित्राउने लक्ष लिएको बताउनु भएको हो । उहाँले विर्तामोडको विकासका लागी केही विदेशी राष्ट्रहरु लगानि गर्न आर्कषित भएको जानकारी दिनु भयो । उहाले १० वटै वडाको विकासकालागी नगरले ८० करोड ३८ लाख रुपौया विनियोजन गरेको र धेरै योजनाहरुको काम भईरहेको जानकारी दिनुभयो । पुलको शिल्यानस १ सय ५ बर्षिय बृद्धा बुटाई चौधरीले गर्नुभएको छ । ५५ लाख ७५ हजार २ सय ६२ रुपौँया लागतमा निर्माण हुने पुल २ महिना भित्रमा निमार्ण सम्पन्न हुने निर्माण समितिले जनाएको छ ।

    Posted on: 1 week ago

  • नेकपा एमालेका उप महासचिव बिष्णु पौडेलले लाखौको उपस्थितीमा एमाले र माओबादीको एकताको घोषणा गर्ने तयारी भै रहेको बताउनुभयो ।

    नेकपा एमालेका उप महासचिव बिष्णु पौडेलले लाखौको उपस्थितीमा एमाले र माओबादीको एकताको घोषणा गर्ने तयारी भै रहेको बताउनुभएको छ । प्रेस चौतारी रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उप महासचिव पौडेलले एकताका अधिकांस कुरा मिली सकेको र केहि झिना मसिना कुराले एकतामा बाधा नपुग्ने बताउनुभयो । एकता सभामा इतिहासमै ठुलो जनताको उपस्थिती हुने पौडेलले दाबी समेत गर्नुभयो । माओबादी नेताहरुले ५०–५० प्रतिशतको आधारमा एकता गर्नुपर्ने तर्क गरिरहेका बेला एमाले उप महासचिव पौडेलले भने समानताका आधारमा एकता हुने भन्दै योगदान, क्षमता र सक्रियतालाई आधार बनाउंदा माओबादीको ६० र एमालेको ४० प्रतिशत पनि पर्न सक्ने स्पष्ट पार्नुभयो । पारस्परिक सम्मान र समानताका साथ एकता हुने कुरामा बिबाद नरहेको बताउंदै पौडेलले बजारमा चलेको हल्लाले एकता कमजोर नभएको जिकीर गर्नुभयो ।

    Posted on: 1 week ago

Today's Schedule

05:00 AM
Old Filmy Songs
Music Video
06:00 AM
Filmy Songs
Music Video
07:00 AM
Suryodaya News
Current Affairs
07:30 AM
Folk Modern Song
Music Video
08:00 AM
Ever Green Songs
Music Video
09:00 AM
Morden Songs
Music Video
10:00 AM
Filmy Songs
Music Video
11:00 AM
Ever Green Songs
Music Video
12:00 PM
Pop Songs
Music Video
01:00 PM
Morden Songs
Music Video
02:00 PM
Countdown Weekly
Entertainment
03:00 PM
Folk Songs
Music Video
04:00 PM
Filmy Songs
Music Video
04:30 PM
Ever Green Songs
Music Video
05:30 PM
Filmy Songs
Music Video
06:00 PM
07:00 PM
Suryodaya News
Current Affairs
07:30 PM
Old Filmy Songs
Music Video
08:00 PM
Filmy Songs
Music Video
09:00 PM
Remix Songs
Music Video
10:00 PM
Morden Songs
Music Video
11:00 PM
Filmy Songs
Music Video
12:00 AM
Morden Songs
Music Video
01:00 AM
Remix Songs
Music Video
02:00 AM
Old Filmy Songs
Music Video
03:00 AM
Folk Modern Song
Music Video
04:00 AM
Pop Songs
Music Video