यस सूर्योदय टेलिभिजनले समाचार, समाचारमुलक कार्यक्रम, मनोरञ्जनात्मक, सुचनामुलक कार्यक्रम उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । हामी आगामी दिनमा अझ फरक खालका कार्यक्रम उत्पादन र प्रसारणको निरन्तर प्रयासमा लागेका छौ । यसै शिलशिलामा सूर्याेदय टेलिभिजनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय र कलेजमा अध्ययनका लागि जाने विधार्थीहरुलाई लक्षित गरी जानकारी तथा सूचनामूलक कार्यक्रम प्रशारण बिगत बर्षदेखि संचालनमा ल्याएको छ । यस Global Nexus कार्यक्रमले विधार्थी, अभिभावक तथा शैक्षिक परामर्शदातालाई आफ्नो पेशामा थप उत्तरदायी तथा मर्यादित बनाउदै लगेको हामीले विश्वास लिएका छौ । उद्वेश्य उच्च शिक्षा अध्यापन गराइरहेका बिद्यालय, कलेज, युनिभर्सिटी तथा शैक्षिक परामर्शमा आबद्ध भएका सम्पुर्ण कन्सलटेन्सीका गतिविधि एवम इक्यानका सम्पुर्ण सांगठानिक कृयाकलाप तथा वैदेशिक अध्ययनमा गएका विधार्थीले गरेका शैक्षिक तथा आर्थिक योगदानहरुलाई यस टेलिभिजनको माध्यमबाट प्रसारण गरी यस व्यवसायलाई थप मर्यादित बनाउदै लैजानु हो । उच्च शिक्षा तथा वैदेशिक अध्यनका लागि राजधानी काठमाडौं नै पुग्नुपर्ने मानसिकतालाई विकेन्द्रित सेवाबाट समेत लाभ पुग्न सक्ने छ भनि थप प्रकाश पार्नु हाम्रो प्रमुख उद्घेश्य हो । लक्षित वर्ग विश्वका सम्पुर्ण नागरिक 'Global Citizen' का रुपमा चित्रण भईरहेको आजको यो अवस्थामा नेपाली विधार्थी, अभिभावक तथा यस क्षेत्रमा संलग्न रहेका शैक्षिक संस्था तथा रुची भएका आम जनमानस यस प्रस्तावित कार्यक्रमको लक्षित वर्ग हुन् । प्रभाव यस कार्यक्रम Global Nexus को निर्माण तथा प्रसारण पश्चात पर्ने प्रभाव तपशिलमा उल्लेख गरिए अनुसार हुनेमा आशावादी छौ । १। उच्च शिक्षा अध्यापन गराइरहेका बिद्यालय, कलेज, युनिभर्सिटी तथा अन्तराष्ट्रिय शैक्षिक परामर्श व्यवसायमा आवद्व भएका सम्पुर्ण व्यवसायीहरु यस कार्यक्रमबाट लाभान्वित हुनेछन् । २। वैदेशिक तथा स्वोदेशमै अध्ययन गर्न चाहने विधार्थीलाई मोफसलबाट नै राजधानीमा पाईने सेवा सुविधा उपलब्ध छ भन्ने जानकारी मिल्ने छ । ३।IELTS का राम्रा Tutor तथा Ielts दिने व्यवस्था काठमाडौं बाहिर पनि छन भन्ने जानकारी लक्षित वर्गमा पर्ने छ । ४। विदेशबाट पाल्नुभएका Senior Consultant हरुलाई नेपालि मिडिया प्रति सकारात्मक दृष्टिकोण रहने छ । ५। शैक्षिक परामर्शमा आवद्घ सम्पुर्ण व्यवसायी लाई बजार प्रर्वधनमा मुनाफा मिल्नका साथै नयाँ खालका योजना ल्याउन थप मद्घत मिल्नेछ । ६। यस व्यवसायमा रहेका शैक्षिक संस्था र मिडिया बिच भाईचाराको सम्बन्ध स्थापित हुनेछ । कार्यक्रम समय शैक्षिक परामर्श संग सम्बन्धित कार्यक्रम Global Nexus सूर्योदय टेलिभिजनको मुख्य समय प्रत्येक महिनाको पहिलो र तेस्रो शनिवार बेलुकी 20:30 बजे प्रशारण भइरहेको छ । कार्यक्रम Global Nexus को Youtube Link समेत हेर्न सक्नुहुनेछ ।